सोमालियाको होटेलमा आक्रमण, २६ जना मारिए

मोगादिशु– सोमालियाको एक होटेलमा गराइएको आक्रमणमा २६ जना मारिएका छन् । सोमालियाको स्वशासित क्षेत्र जुबाल्याण्डस्थित बन्दरगाह शहर किस्मायूको आलिशान होटेलमा बन्दुकधारीले गराएको आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् । सोमाली अधिकारीका अनुसार मारिनेमा सोमालीसहित बेलायती, अमेरिकी, केन्याली तथा तान्जानियाका नागरिक छन् । त्यसबाहेक आगामी सोमाली राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारी दिएका नेता पनि आक्रमणमा मारिएको जनाइएको छ…