कन्डममा प्वाल पाइएपछि वितरण गरिएका १० लाख कन्डम फिर्ता मगाइयो

एउटा परोपकारी संस्था मेरी स्टोप्सले युगान्डामा वितरण गरिएका १० लाखभन्दा बढी कन्डम फिर्ता लिएको जनाएको छ । परीक्षणका क्रममा लाइफ गार्ड ब्रान्डका भारतमा निर्मित कन्डममा प्वाल पाइएको अथवा फुट्ने जोखिम देखिएको युगान्डाको न्याश्नल ड्रग अथोरिटी (एनडीए) ले जनाएको बीबीसीले उल्लेख गरेको छ । मेरी स्टोप्सले ३५ वटाभन्दा बढी मुलुकमा गर्भनिरोधक र परिवार नियोजनसम्बन्धी सेवा प्रदान…