भारतीय नौसेनामा आईएनएस महेन्द्रगिरी तैनाथ

काठमाडौं- भारतीय नौसेनाले आफ्नो पूर्वी फ्लीटमा स्वदेशमै निर्मित अत्याधुनिक स्टेल्थ फ्रिगेट आईएनएस महेन्द्रगिरीलाई समावेश गरेको छ । आन्ध्र प्रदेशको विशाखापट्टनममा आयोजित एक विशेष समारोहकाबीच भारतका रक्षामन्त्री राजनाथ सिंहले उक्त युद्धपोतलाई नौसेनामा औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले यो युद्धपोतलाई भारतको बढ्दो आत्मनिर्भरताको प्रतीकको संज्ञा दिए । उत्कृष्ट डिजाइन क्षमता, उत्पादनको…