काठमाडौं महानगरले च्यासलमा चलायो डोजर (तस्बिरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिकाले च्यासलस्थित अवैध संरचनाहरूमा डोजर चलाएको छ ।  आज एमाले कार्यालयअगाडि निर्माण गरिएका दुई ग्यारेज र कवाडी संकलन केन्द्रमा नगरप्रहरीले डोजर चलाएको हो ।  स्थानीयले विद्यालयनजिक प्रदूषण र आगलागीको जोखिम भएको भन्दै वडा-३२ मा उजुरी दिएका थिए ।  तस्बिर : नेपाल फोटो लाइब्रेरी :