मार्तडी-कोल्टी सडकखण्ड : तीन महिनापछि खुलाउन  सुरु 

बाजुरा– पूर्वी–उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडकखण्ड तीन महिनापछि खुलाउने काम सुरु गरिएको छ । वर्षायाम सुरु भएसँगै असार दोस्रो सातादेखि अवरुद्ध रहेको सडकखण्ड आजबाट सञ्चालनमा ल्याउनेगरी काम सुरु गरिएको हो ।  प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पूर्वाधार विकास कार्यालय अछामसँगको समन्वयमा बडीमालिका नगरपालिकाको जेसीबी प्रयोग गरेर सडक खुलाउने काम सुरु गरिएको जानकारी दिए । उनका अनुसार…