बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति पुगेपछि म्याग्दी सदरमुकाम बेनीमा खानेपानीको अभाव भएको छ ।  यही असोज ८ देखि ११ गतेसम्म परेको पानीपछि आएको बाढी र पहिरोले अन्नपूर्ण गाउँपालिका–८ मा रहेको रिठ्ठाखर्क र डाडाँखर्कको मुहनाबाट बेनीमा लगिएको खानेपानीको पाइप बैसरीदेखि डल्लेपीपल खण्डमा क्षति पुर्‍याएको छ ।  करिब १२ किलोमिटर पाइपलाइनमा बाढी…