Live on
Your Voice, Your Power
काठमाडौं- गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । भारतको राजधानी दिल्लीस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको हो । भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता समेत रेका तामाङ भारतीय मूलका नेपालीभाषी गायक हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका छन् ।