निर्वाचनपछि नेपाललाई बधाई दिँदै चीनले भन्यो : विकास र समृद्धिका लागि मिलेर काम गरौँ

काठमाडौं- नेपालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबारे उत्तरी छिमेकी चीनले प्रतिक्रिया दिएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालमा शान्तिपूर्ण र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न भएकोमा बधाई दिएको बताइन्। पत्रकार सम्मेलनमा चीनको सरकारी टेलिभिजन ड्रागन टीभीले नेपालको प्रतिनिधिसभा निर्वाचनबारे प्रतिक्रिया मागेको थियो। जवाफमा माओ निङले चीनले नेपालले निर्धारित समयअनुसार…