रियल बेटिसलाई हराउँदै चेल्सीले जित्यो कन्फरेन्स लिगको उपाधि

पोल्यान्ड - रियल बेटिसलाई ४-१ ले हराउँदै चेल्सीले युइएफए कन्फेरेन्स लिगको उपाधि जितेको छ। पोल्यान्डको वार्समा भएको खेलको सुरुवातमा नै बेटिसले अग्रता लिएपछि चेल्सीले पराजय भोग्ने सम्भावना बढी देखिएको थियो। दोस्रो हाफमा कोल पालमरको सानदार प्रदर्शनमा चेल्सी खेलमा फर्किएको थियो। उनले पाँच मिनेटको अन्तरमा इन्जो फर्नान्डेज र निकोलास ज्याक्सनका लागि गोलको अवसर सिर्जना गरिदिएका थिए।…