सरकार गठन विषयमा बालेन-रविबीच छलफल जारी, दोस्रो तहका नेता बेखबर

काठमाडौं- सरकार गठनको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच छलफल जारी छ । पार्टीले सरकारमा पठाउने व्यक्तिहरूको विषयमा गत ५ गतेदेखि शीर्षस्थ तहमा छलफल चलिरहेको छ । निर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिएलगत्तै रवि र बालेन्द्रले उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेसँग समेत दरबारमार्गको एक होटलमा छलफल गरेका…