सभापति लामिछानेले आजै भारतीय गृहमन्त्री शाहसँग भेट गर्दै

काठमाडौं - भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुवै देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्य विस्तार गर्ने विषयमा विचार–विमर्श हुने अपेक्षा गरिएको छ। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत पुगेको…