लगनखेलको न्हु पोखरी जोगाउन घर टहरामा डोजर (तस्बिरहरू)

ललितपुर- ललितपुर महानगरपालिकाले पुरातात्विक महत्त्वको एउटा पोखरी जोगाउन डोजर चलाएको छ। ललितपुर महानगरपालिका-५ को वडाकार्यालय भवनसहित लगनखेल चोकसम्मका भवनहरूमा डोजर चलाएर भत्काइएको हो । महानगरले लगनखेलमा अवस्थित एतिहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तार योजना ल्याएको हो । उक्त योजनाअनुसार पोखरी आसपास बनाइएका संरचना नगरप्रहरी खटाएर भत्काइएको हो । वडा कार्यालय भवन र जिल्ला अदालत…