सुनसरीको तनाव सिरहा सर्‍यो, ठाउँ ठाउँमा आगजनी (तस्बिरहरू)

काठमाडौं- सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा चर्किएको छ ।  आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ । गोली लागेर एक जनाको मृत्यु भएको छ । अहिले लहार र गोलबजारमा ठूलो तनाव छ । गोलबजारको एबी मलमा आगो लगाइएको छ। तस्बिर : सुरेन्द्र कमाती/नेपाल फोटो लाइब्रेरी