राजनीतिको गोरेटोमा बीपीले बनाउन चाहेको समाजवादी राजमार्ग

विसं १९७१ भाद्र २४ गते। यो त्यही दिन हो, जसले नेपालमात्रै होइन, विश्व राजनीतिको मूलबाटोमा एउटा समाजवादी दर्शन जन्माएको थियो। अर्थात् प्रजातन्त्रिक लहरमा लहरिएको विश्व आन्दोलनको मोडमा बीपी कोइरालाको जन्म समाजवादी आन्दोलनको एउटा त्यस्तो आयाम बन्यो जसमा अहिले वैश्विक राजनीतिक यात्रा अनवरत छ। त्यो एउटा अँध्यारो युग थियो नेपालमा। सारा विश्वमा प्रजातन्त्रको बतास चलिरहेको थियो।…