सरकारले निजी क्षेत्रलाई पत्र लेखेरै भन्यो- ‘कामदारलाई एक महिनाको पारिश्रमिक बराबर चाडपर्व खर्च दिनू’

काठमाडौं- सरकारले निजी क्षेत्रका छाता संगठनहरूलाई पत्र लेखेरै श्रमिकलाई चाडपर्वमा एक महिना बराबरको पारिश्रमिक उपलब्ध गराउन भनेको छ ।  श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले प्रचलित कानुनबमोजिम श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन विभिन्न रोजगारदाता, उद्योग-व्यवसाय तथा निजी शैक्षिक क्षेत्रका छाता सङ्गठनहरूलाई निर्देशन दिएको हो ।  पत्रमार्फत विभागले श्रम ऐनको कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन सम्बद्ध…