जनतासँगको सम्बन्ध कमजोर हुन नदिन रास्वपा प्रवक्ता खरेलको जोड

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आगामी स्थानीय तहको निर्वाचनमा थप सफलता हासिल गर्न जनतासँगको सम्बन्ध र सम्पर्कलाई निरन्तर सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।  उनले नेताको व्यक्तिगत तजबिज वा पहुँचका आधारमा उम्मेदवारलाई टिकट दिने परिपाटी अन्त्य भएको उल्लेख गर्दै उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र योग्यतामा आधारित बनाउनुपर्ने बताएका छन् । रास्वपा…