‘सुरुङमार्ग र नयाँ ट्र्याक नबनाए नारायणगढ-मुग्लिन सडकको सास्ती अझै बढ्छ’

संघीय राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने नारायणगढ-मुग्लिन सडक दुई सातायता निरन्तर अवरुद्ध छ । यो सडकखण्डको तुइन खोलामा दुई दिनअघि झरेको विशाल पहिरो अहिले पन्छाउने काम चलिरहेको छ । रातदिन गरेर लगातार ६ वटा हेभ्भी मेशिनले यो पहिरो पन्छाइरहेका छन् । यसअघि पनि यहाँ पहिरो लगातार झरेकाले दशैँ मनाउन घर हिँडेका हजारौँ सवारी साधनका…