बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ - दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति ताजा हुन्छन् । दसैँ र बाल्यकाललाई छुट्टै राखेर हेर्नै सकिँदैन । लेखक तथा निर्देशक पुरु लम्साल आफ्नो बाल्यकालको दसैँ सम्झँदै भन्छन्, "दसैँ आएपछि मुख्यतया तीन वटा चिजको बढी याद आउँछ; एउटा लेकमा गएर आलु ल्याउने कुरा, त्यसपछि स्कुलको नयाँ लुगा लगाउने कुरा र अर्को मासु…