भारत र अष्ट्रेलियाले साइबर सुरक्षा, नवीन प्रविधि र आपूर्ति चक्रको सुदृढीकरणमा सहकार्य बढाउने

काठमाडौं- भारत र अष्ट्रेलियाले साइबर सुरक्षा, नवीन प्रविधि र आपूर्ति चक्रको सुदृढीकरणमा सहकार्य थप गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । दुई देशबीच हालै स्थापित द्विपक्षीय साझेदारीलाई कार्यान्वयन गर्ने सन्दर्भमा भएको उच्चस्तरीय अधिकारीहरूको बैठकमार्फत यो प्रतिबद्धता दोहोर्याइएको हो। अष्ट्रेलिया भ्रमणका क्रममा भारतको विदेश मन्त्रालयका साइबर कूटनीतिसम्बन्धी संयुक्त सचिव अमित शुक्ल र अष्ट्रेलियाका साइबर मामिला तथा…