‘पाकिस्तान प्रशासित जम्मु-काश्मीरको अवस्था चिन्ताजनक’

काठमाडौं- जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकमा पाकिस्तान प्रशासित जम्मु-काश्मीरको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । काश्मीरी अभियन्ता जावाद अहमद बेगले त्यहाँ भइरहेका शान्तिपूर्ण प्रदर्शनमाथि पाकिस्तानी अधिकारीहरूले दमन गरेको आरोप लगाएका छन् । उनका अनुसार सुरक्षाकर्मीहरूले नागरिकको लोकतान्त्रिक अधिकार खोस्न अत्यधिक बल प्रयोग गरिरहेका छन् । यस क्रममा मुजाफ्फरावादमा भएको एक घटनाको विशेष चर्चा…