भारतमा चीनबाट ल्याइएका नक्कली इन्जेक्सन बरामद

काठमाडौं- भारतीय औषधि नियामकहरूले मोटोपना र मधुमेहको उपचारमा प्रयोग हुने इली लिली कम्पनीको चर्चित औषधि माउन्जारोका २६० भन्दा बढी शंकास्पद नक्कली इन्जेक्सन प्यानहरू बरामद गरेका छन्। हरियाणा राज्यको खाद्य तथा औषधि प्रशासनले नयाँ दिल्लीको बाहिरी क्षेत्रमा एउटा गाडीबाट ती औषधिहरू बरामद गरेको हो । यस घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।…