दीपावलीमा न्युयोर्क महानगरले पनि बिदा दिने

काठमाडौँ- आगामी वर्षको दीपावलीदेखि अमेरिकाको न्युयोर्क महानगरका सार्वजनिक विद्यालयमा बिदा दिइने भएको छ । न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन् । न्यूयोर्क विधानसभा सदस्य जेनिफर राजकुमारले दीपावलीमा बिदा दिनेसम्बन्धी कानुनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । महानगरका विधायकले पनि उक्त प्रस्तावलाई अनुमोदन गरेको अमेरिकी टेलिभिजन केबल न्युज नेटवर्क (सीएनएन)को अनलाइन संस्करणले जनाएको…