देशमा अशान्ति भएपछि मालीका राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटन

एजेन्सी- मालीमा विगत केही हप्तादेखि जारी देशव्यापी आन्दोलनका कारण अशान्ति फैलिएपछि मालीका राष्ट्रपति इब्राहिम बोउबाकर केइटाले संवैधानिक अदालतलाई विघटन गरेका छन् । संसदीय निर्वाचनको अस्थायी नतिजालाई गत अप्रिलमा संवैधानिक अदालतले अमान्य ठहर गरिदिएपछि असन्तुष्ट समूहले देशव्यापी आन्दोलनको घोषणा गरेको थियो । संवैधानिक अदालतको निर्णय निष्पक्ष नभएको भन्दै शुरू भएको आन्दोलन प्रतिदिन सशक्त बन्दै गएको र…