‘कुलिङ पिरयिड’मा चलखेल गम्भीर र अशोभनीय अपराध : योगेश भट्टराई

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले निजमाती सेवा विधेयकमा भएको चलखेललाई गम्भीर अपराध भन्दै यसमा संलग्नलाई तत्कालै कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले यस्तो माग गरेका हुन् । उनले संसदीय समितिले सर्वसम्मत पारित गरेको प्रतिवेदनको मूल मर्मविपरीतको दफा कसरी समावेश भयो भनेर प्रश्न पनि गरेका छन् ।…