ब्राउनसुगरसहित चार जना पक्राउ

झापा- झापामा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । झापाको दक्षिणी सिमावर्ती क्षेत्र झापा गाउँपालिका र दमक नगरपालिकाबाट दुईदुई जना पक्राउ परेका हुन् । झापा गाउँपालिका वडा- ४ मसानघाटबाट पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो ठाउँबाट भारतको किसनगञ्ज सत्कैवा ग्रामपञ्चायत, हल्दावना वडा नं. ८…