नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड « Khabarhub

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बासले भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा नेपाल-इजरायलबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा सूचना प्रविधि, डिजिटल रूपान्तरण, दूरसञ्चार, कृषि, शिक्षा र मानव स्रोत विकासका क्षेत्रमा सहकार्य विस्तारका सम्भावनाबारे छलफल भएको हो।

भेटका क्रममा राजदूत बासले सन् १९६० देखि नेपाल-इजरायलबीच रहेको मैत्रीपूर्ण सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको उल्लेख गर्दै सूचना प्रविधि, डिजिटल नवप्रवर्तन, कृषि आधुनिकीकरणलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न इजरायल प्रतिबद्ध रहेको बताए।

सो भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपालले सूचना तथा सञ्चार प्रविधिमार्फत सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै डिजिटल पूर्वाधार, दूरसञ्चार प्रविधि र नवप्रवर्तनका क्षेत्रमा इजरायलको अनुभव तथा असल अभ्यासबाट नेपाल लाभान्वित हुनसक्ने बताए। उनले सूचना प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा नेपाली युवाका लागि तालिम, अध्ययन र व्यावसायिक अनुभवका अवसर विस्तार गर्न आग्रह गरे।

भेटमा दुवै पक्षबीच सूचना प्रविधि, डिजिटल रूपान्तरण तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ७ : २३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित