सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु « Khabarhub

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको छ । यो राज्यको घट्दो विवाह र कम प्रजनन दरसँग जुध्न ल्याइएको नवीनतम प्रयोग हो ।

मङ्गलबार सार्वजनिक गरिएको र पहिलो भेट (फर्स्टडेट) नाम दिइएको यो पहलले २१ देखि ३५ वर्ष उमेरका कर्मचारीलाई लक्षित गरेको छ । यसले केही डेटिङ एपसँग जोडिएको प्रोफाइल बारम्बार हेर्दा आउने भावनात्मक, मानसिक र शारिरिक थकान ९स्वाइप फटिग० अन्त्य गर्ने र ‘सोचपूर्ण सम्बन्ध’ निर्माण गर्ने वाचा गरेको छ ।

सरकारी अधिकारीहरूले सेवाका लागि रुचि, बानी, धार्मिक प्राथमिकता र ‘सम्बन्ध रोक्ने’ लगायतका विवरण भर्न सक्छन् । प्लेटफर्मले पूर्ण गोपनीयताको वाचा गर्दै भनेको छ, “तपाईंको प्रोफाइल केवल तपाईंको लागि विचार मिल्ने व्यक्तिले मात्र देख्छ, र तपाईंको सम्पर्क विवरण साझा गर्ने कि नगर्ने तपाईंले नै निर्णय गर्नुहुन्छ।”

यसले प्रयोगकर्तालाई ‘तपाईंको भेट कस्तो भएर बित्यो भन्नुहोस्१’ भन्दै स्टार रेटिङ र वैकल्पिक प्रतिक्रियाका लागि सङ्केत प्रदान गर्छ र प्रतिक्रिया पनि माग्छ ।लगभग ६० लाखभन्दा बढी जनसङ्ख्या भएको सिङ्गापुरमा गत वर्ष उच्च कम प्रजनन दर देखिएको थियो ।

पछिल्ला बर्षहमा विवाह गर्ने सिङ्गापुरबासीहरूको सङ्ख्या घट्दै गएको छ । आधिकारिक आँकडा अनुसार सन् २०२५ मा विवाह दर्ता लगातार तेस्रो वर्ष घटेको थियो । अगस्टमा प्रधानमन्त्री लरेन्स वङले ठूलो परिवारलाई प्रोत्साहन गर्ने बलियो प्याकेज घोषणा गर्नुभएको थियो । यसमा उदार आर्थिक प्रोत्साहन पनि समावेश छन् ।

सिङ्गापुर यस वर्ष आधिकारिक रूपमा ‘सुपर–एज्ड’ समाज पनि बनेको छ, जहाँ जनसङ्ख्याको कम्तीमा २१ प्रतिशत ६५ वर्ष वा माथिको उमेर समूहमा पर्छ।जापानमा सरकारले सन् २०२४ मा कम जन्मदर बढाउन सुरु गरेको एआई–सञ्चालित ‘डेटिङ एप’बाट २६५ विवाह भएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ८ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित