पूर्वाधार विकासमा गति लिँदै बेदकोट नगरपालिका « Khabarhub

पूर्वाधार विकासमा गति लिँदै बेदकोट नगरपालिका


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– पछिल्ला केही वर्षयता बेदकोट नगरपालिकाले पूर्वाधार विकासमा उल्लेखनीय फड्को मारेको छ ।

पालिकाले बस्तीस्तरबाट माग भइआएका योजनालाई प्राथमिकतामा राखेर सडक, पुल, शिक्षा र खानेपानीलगायत संरचना निमार्णमा जोड दिएको नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर पवन विष्टले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्षमा पालिकाले ११ वटा पुल, ३३ वटा सडक र पाँचवटा खानेपानीका योजना सम्पन्न भएका छन् ।

“२६।५६ किलोमटर सडक निर्माण भएकामा ४।२६ किलोमिटर सडक कालोपत्र भएको छ”, उनले भने, “वडास्तरबाट माग भएका योजनालाई प्राथमिकतामा राखेर पूर्वाधार विकासमा जोड दिएका छौँ ।”

त्यसैगरी, आर्थिक वर्ष २०८०÷८१ मा पालिकाले ३६।७२ किलोमिटर सडक निर्माण गरेको छ । आव २०७९÷८० मा २९ किलोमिटर सडक निर्माण भएको थियो । ‘समृद्ध बेदकोट’ निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहित पूर्वाधारलाई विकासको मेरुदण्डका रुपमा अघि सारेको नगरपालिकाले जनाएको छ ।

ग्रामीण भेगसम्म सडक पहुँच विस्तार, कालोपत्र तथा ग्राभेल सडक निर्माण र ढल व्यवस्थापनजस्ता काम तीव्रगतिमा अघि बढाइएको पालिकाले जनाएको छ । पालिकाले ग्रमीण क्षेत्रसम्म सडक विस्तार गरेपछि सहज आवागमन हुँदा स्थानीय उत्पादनको बजार पहुँचमा पनि सुधार भएको स्थानीयवासी खुसी रानाले बताए।

“सडक कालोपत्र नभए पनि धेरै सडक ग्राभेलसम्म हुँदा किसानलाई सहज भएको छ”, उनले भने, “यसअघि सडक नहुँदा हामीले उत्पादन गरेका तरकारी बजारसम्म पुर्याउन बाटोकै कारण देखाएर चर्को भाडा तिर्नुपर्ने बाध्यता थियो ।”

अहिले गाउँमा किसानले उत्पादन गरेका तरकारी, दूध र अन्य खाद्यान्न बिक्री गर्न सहज भएको उनको भनाइ छ ।

पालिकाले पूर्वाधार विकासमात्र नभएर रोजगारी सृजना हुनेगरी उद्योग स्थापना गर्न पहल गर्नुपर्ने स्थानीयवासी विष्णु जाशीले बताए।

“पूर्वाधार विकास भइसक्यो, अब मझौला उद्योग स्थापना गरेर रोजगारी सृजना गर्नेतर्फ पालिकाले योजना बनाउनुपर्छ”, उनले भने, “पालिकाले पूर्वाधार विकास गर्दा अपाङ्ग र ज्येष्ठ नागरिकमैत्री संरचना निर्माणमा जोड दिनुपर्दछ ।”

 

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १ : ०९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित