निर्वाचन आयोगमाथि विपक्षीको दबाब « Khabarhub

निर्वाचन आयोगमाथि विपक्षीको दबाब


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली (रासस\एएफपी)। भारतमा मतदाता सूचीको विशेष गहन संशोधन (एसआइआर) प्रक्रियामा अनियमितताको आरोप लागेपछि निर्वाचन आयोगमाथि छानविनको दबाब बढेको छ । विपक्षी दलहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र सर्वोच्च अदालतको नेतृत्वमा अनुसन्धानको माग गरेका छन् ।

‘द इन्डियन एक्सप्रेस’ को गत हप्ताको अनुसन्धानात्मक समाचारअनुसार एसआइआरसँग सम्बन्धित केही महत्त्वपूर्ण निर्णय तीनमध्ये दुई निर्वाचन आयुक्तको स्वीकृतिबिना लिइएको हुन सक्ने देखिएको छ । निर्वाचन आयोगले भने आफ्ना सबै निर्णय सर्वसम्मत र कानूनी रूपमा मान्य रहेको भन्दै आरोप अस्वीकार गरेको छ ।

विपक्षी दलहरूले एसआइआरका क्रममा लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको र त्यसबाट प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टीलाई लाभ पुग्न सक्ने भन्दै लामो समयदेखि प्रश्न उठाउँदै आएका छन् । उक्त दैनिकका अनुसार पछिल्लो १० महिनामा दुई निर्वाचन आयुक्तले एसआइआरका महत्त्वपूर्ण निर्णयबारे कम्तीमा १४ पटक औपचारिक असहमति जनाएका छन् र एक करोड ३० लाख मतदाता छुटेको बताइएको छ ।

निर्वाचन आयोगले एसआइआरको उद्देश्य धोखाधडीपूर्वक दर्ता भएका मतदाताको पहिचान गर्नु तथा योग्य मतदातालाई सूचीमा कायम राख्नु रहेको जनाएको छ । आयोगले ‘विदेशी अवैध आप्रवासी’ लाई मतदानबाट रोक्नु पनि यसको उद्देश्य रहेको बताएको छ । आलोचकहरूले भने यसबाट सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदाय असमान रूपमा प्रभावित भएको आरोप लगाएका छन् ।

आयोगले पछिल्लो एक वर्षमा भएका सबै निर्णय पूर्ण आयोगको सर्वसम्मत निर्णयबाट भएको स्पष्ट पारेको छ । यद्यपि दुई आयुक्तले आपत्ति जनाएका विशेष आदेश कसले स्वीकृत गरेको थियो भन्नेबारे आयोगले सार्वजनिक रूपमा स्पष्ट पारेको छैन ।

काङ्ग्रेस पार्टीका पवन खेराले दुई आयुक्तको जानकारी वा स्वीकृतिबिना एसआइआरसम्बन्धी निर्णय भएको पुष्टि भए त्यससँग सम्बन्धित निर्णय र सम्पूर्ण प्रक्रिया कानूनी रूपमा अवैध हुने दाबी गरे। युवा नेतृत्वको कक्रोच जनता पार्टीले पनि कुमारले राजीनामा नदिए अक्टोबर २ देखि सडक आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ९ : ५४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित