उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण « Khabarhub

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी मानिस अपहरणमा परेका छन् ।

स्थानीय रूपमा ‘डाकु’ भनेर चिनिने सशस्त्र गिरोहले शनिबार नाइजर राज्यको मारिगा क्षेत्रस्थित रिमीमा खेतमा बदाम काटिरहेका कम्तीमा ४७ जना किसानलाई अपहरण गरेको स्थानीय स्रोतले जनाएको छ । अपहरणमा परेकामध्ये अधिकांश महिला रहेका छन् ।

त्यसैगरी, आइतबार छिमेकी जामफारा राज्यको गुसाउ क्षेत्रस्थित यारगडाबाट ४० जना महिलालाई अपहरण गरिएको संयुक्त राष्ट्रसङ्घका लागि तयार पारिएको एएफपीको सुरक्षा प्रतिवेदनमा उल्लेख छ ।

मोटरसाइकलमा आउने सशस्त्र गिरोहले लामो समयदेखि उत्तरपश्चिम तथा मध्य नाइजेरियाका ग्रामीण समुदायलाई लक्षित गर्दै आएका छन् । उनीहरूले फिरौतीका लागि अपहरण गर्नुका साथै गाईवस्तु चोरी गर्ने, गाउँमा आक्रमण गर्ने, बासिन्दाको हत्या तथा घरमा आगजनी गर्ने गरेका छन् ।

नाइजेरियामा सक्रिय जिहादी समूहले पनि आम्दानीका लागि अपहरणलाई रणनीतिका रूपमा प्रयोग गर्दै आएका छन् । कतिपय अवस्थामा जिहादी र डाकु समूहबीच सहकार्य हुने गरेको भए पनि उनीहरूबीच द्वन्द्वसमेत हुने गरेको जनाइएको छ ।

लागोसस्थित परामर्श संस्था एसबीएम इन्टेलिजेन्सका अनुसार सन् २०२५ जुलाईदेखि सन् २०२६ जुनसम्म सशस्त्र समूहले नाइजेरियामा करिब सात अर्ब ८० करोड नाइरा फिरौती रकम उठाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिमा उठाइएको रकमभन्दा करिब तीन गुणा बढी हो ।

सुरक्षा समस्या र बढ्दो जीवनयापन लागत आगामी जनवरीमा हुने राष्ट्रपतीय निर्वाचनका प्रमुख मुद्दामध्ये रहने अनुमान गरिएको छ ।

सरकारले देशका विभिन्न सशस्त्र समूहविरुद्ध कारबाही तीव्र बनाएको दाबी गर्दै आएको छ । यसै वर्षको सुरुआतमा अमेरिकी सैन्य सहयोगमा इस्लामिक स्टेटसँग सम्बन्धित एक प्रमुख नेताको हत्या गरिएको थियो ।

गत साता नाइजर राज्यका केही समुदायले जिहादी समूहको आक्रमणपछि ठूलो सङ्ख्यामा मानिस अपहरणमा परेको भन्दै विरोध गरेका थिए । स्थानीयवासीले त्यतिबेला अपहरणमा पर्नेको सङ्ख्या करिब ५५० पुगेको बताएका थिए ।

नाइजेरियाको जिहादी विद्रोह मुख्यतः उत्तरपूर्वी क्षेत्रमा केन्द्रित छ । पछिल्लो समय बेनिनसँगको पश्चिमी सीमाक्षेत्र नजिक पनि हिंसात्मक गतिविधि बढेको बताइएको छ । द्वन्द्वका कारण छिमेकी साहेल क्षेत्रका स्थानीय सशस्त्र समूह तथा उग्रवादीको गतिविधि पनि उक्त क्षेत्रमा विस्तार भएको जनाइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ६ : ०८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित