रसुवा बाढी प्रभावितका लागि काठमाडौंमा राहत संकलन (तस्बिरहरू)  « Khabarhub

रसुवा बाढी प्रभावितका लागि काठमाडौंमा राहत संकलन (तस्बिरहरू) 


१२ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा सर्वसाधारणले स्वतःस्फूर्त रूपमा राहत सामग्री संकलन थालेका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा विभिन्न क्षेत्रका नागरिकहरू भेला भएर बाढी प्रभावितका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री तथा बालबालिकाका लागि आवश्यक सामग्री संकलन गरिरहेका छन् । 

संकलित सामग्रीलाई वर्गीकरण तथा प्याकिङ गरी प्रभावित क्षेत्रतर्फ पठाउने तयारीसमेत गरिएको छ ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएपछि तत्काल आवश्यक पर्ने खाद्यान्न, खानेपानी, कपडा, औषधि तथा स्वास्थ्य सामग्रीको अभाव हुनसक्ने भन्दै नागरिकस्तरबाट सहयोग जुटाउन थालिएको हो । 

विशेषगरी बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा विस्थापित परिवारलाई लक्षित गरी कपडा, जुत्ताचप्पल, कम्बल, सरसफाइका सामग्री र बालबालिकाका लागि आवश्यक सामग्रीसमेत संकलन गरिएको छ ।

राहत संकलनमा सहभागी नागरिकहरूले विपद्को समयमा सरकारी निकायसँगै समुदाय र सर्वसाधारणको सहयोग पनि उत्तिकै महत्वपूर्ण हुने बताएका छन् । 

उनीहरूले घरमा प्रयोगमा नआएका तर बाढी प्रभावितका लागि उपयोगी हुने सामग्री उपलब्ध गराउन तथा सक्नेले खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गर्न आग्रह गरेका छन् ।

संकलित राहत सामग्रीलाई आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा पुर्‍याउने गरी व्यवस्थापन भइरहेको आयोजकहरूले बताएका छन् । 

तत्काल उद्धार र राहतको आवश्यकता रहेका परिवारसम्म सामग्री पुर्‍याउन स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गर्ने तयारीसमेत गरिएको छ ।

बाढीपछि प्रभावित क्षेत्रमा घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको र कतिपय परिवार विस्थापित भएको अवस्थामा नागरिकस्तरबाट जुटाइएको यस्तो सहयोगले प्रभावित परिवारलाई तत्काल राहत पुग्ने अपेक्षा गरिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ४ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित