बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि « Khabarhub

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता बनेका बालेन्द्र साह देश दौडाहामा हुँदा सभापति रवि लामिछाने भने अस्पताल रहेकआो खुलेकोछ ।

उनी स्वास्थ्य उपचारमा रहेकाले केही समय नियमित राजनीतिक तथा सांगठनिक गतिविधिबाट टाढा रहने उनको सचिवालयले जनाएको छ।

स्वकीय सचिव अविनाश आचार्यले गत माघ ५ गते जनकपुरमा भएको कार्यक्रममा लामिछानेको देब्रे खुट्टामा लागेको चोट संक्रमण बढेर छालाको भित्री तहमा संक्रमण (सेलुलाइटिस) मा रूपान्तरण भएपछि अस्पताल भर्ना हुनु परेको हो।

चिकित्सकको परीक्षणपछि संक्रमण जोखिमयुक्त हुन सक्ने निष्कर्षसहित केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने सल्लाह दिइएको उनले बताएका छन्।

त्यही सल्लाहअनुसार लामिछाने हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत रहेको आचार्यले बताएका छन्।

चोट गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने भएपछि पूर्ण उपचार र स्वास्थ्य सुधारका लागि अस्पतालमा रहनुपरेको आचार्यले बताए । रवि पूर्ण निको भएपछि मात्रै नियमित चुनावी अभियानमा फर्किने आचार्यले जानकारी दिएका छन्।

सभापति लामिछाने सार्वजनिक रूपमा नदेखिएको विषयमा चासो, चिन्ता र शुभेच्छा व्यक्त गर्ने सबैलाई सचिवालयले धन्यवाद दिँदै भेटघाट बन्द गरिएको जनाएको छ।

अन्य बिरामीको उपचार प्रक्रियामा असर पर्न नदिन र अस्पताल प्रशासनलाई असहजता हुन नदिन भेटघाट रोकिएको आचार्यले बताएका छन्।

स्वकीय सचिवले जारी गरेको सूचना

माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा सभापति रवि लामिछानेज्युको देब्रे खुट्टामा लागेको सामान्य चोट समयसँगै बढेर हाल छालाको भित्री तहमा संक्रमण (Cellulitis) भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको छ। त्यसैअनुसार सभापतिज्यू हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ।

चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराइन्छ।सभापतिज्यू सार्वजनिक रूपमा नदेखिनु भएको विषयमा चासो, चिन्ता तथा शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

साथै, अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर नपरोस् तथा अस्पताल प्रशासनलाई हुनसक्ने असहजतालाई मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआईदिनुहुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछौँ।

धन्यवाद !

अविनाश आचार्य
स्वकीय सचिव

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ७ : ५६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित