निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई « Khabarhub

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्ने बताएका छन् ।  

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्व सकिएलगत्तै देशमा आन्दोलन र सरकार परिवर्तनको चर्चा सुरु हुनु विडम्बनापूर्ण र चिन्ताजनक रहेको बताएका हुन् ।

उनले निर्वाचन सम्पन्न भएको केही दिनदेखि नै सरकार फेर्ने वा ढाल्ने चर्चा गर्नु देशलाई अनिश्चिततातर्फ धकेल्ने काम भएको टिप्पणी गरेका छन् ।

‘निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म आफ्नो पूरा अवधि काम गर्न दिऊँ ! काम नगरे वा विगारे अर्को चुनावबाट बिदा गरौं !’ भट्टराईले लेखेका छन् ।

उनले विगतमा पटकपटक सरकार परिवर्तन हुँदा त्यसका दुष्परिणाम देखिसकिएको उल्लेख गर्दै पुनः त्यही प्रवृत्ति दोहोर्‍याउनु देशको अर्थतन्त्र, राजनीतिक स्थिरता र राष्ट्रिय हितका लागि घातक हुने बताएका छन् ।

भट्टराईले सरकार परिवर्तनको निरन्तर चर्चाले देशलाई अनिश्चितताको भुमरीमा फसाउने, अर्थतन्त्र कमजोर बनाउने, युवालाई विदेश पलायन हुन बाध्य पार्ने र देशलाई भूराजनीतिक जोखिममा पार्ने चेतावनी दिएका छन् ।

उनले बहुदलीय लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा, सहकार्य तथा सदन र सडकमा आलोचना–प्रत्यालोचना हुनु स्वाभाविक र आवश्यक रहेको बताएका छन् ।

सरकार र राज्यका विभिन्न निकायलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिँदै भट्टराईले विपत्तिमा परेका, ऐतिहासिक रूपमा वञ्चितीकरणमा परेका तथा गरिब र निमुखा जनताको आवाज सत्तामा रहेकाहरूले सुनिरहेको सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

सत्तामा रहेकाहरूले जनताको आवाज नसुने विधिसम्मत ढंगले दण्डित गर्ने वा पदबाट हटाउने प्रक्रिया अपनाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  १२ : १५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित