दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू) « Khabarhub

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई धान भित्र्याउने चटारो परेको छ। धान पाकेर पहेँलपुर भएका खेतमा किसानहरू बाली काट्ने, सुकाउने र घरमा भित्र्याउने काममा व्यस्त देखिएका छन्।

समथर भूभाग र सिँचाइको राम्रो व्यवस्था रहेको दरौँदी नदी आसपासका फाँट धान खेतीका लागि उपयुक्त मानिन्छन्। यस क्षेत्रमा किसानले वर्षमा चैते र असारे गरी दुई बाली धान लगाउने गरेका छन्। सिँचाइको सुविधा भएकाले वर्षायाममा मात्र निर्भर हुनुपर्ने अवस्था कम रहेको छ।

दसैँका लागि गाउँघरमा भेला भएका परिवारका सदस्यसमेत बाली भित्र्याउने काममा जुट्न थालेपछि ग्रामीण क्षेत्रमा कृषि गतिविधि बढेको छ। धान भित्र्याएपछि खेतमा तोरीलगायत हिउँदे बाली लगाउने तयारीसमेत किसानले गर्ने गरेका छन्।

नेपालको प्रमुख खाद्य बाली धान हो। नेपालीको दैनिक खानाको मुख्य आधारका रूपमा रहेको धानले खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१–८२ मा नेपालमा करिब ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। उक्त वर्ष धान खेती गरिएको क्षेत्रफल करिब १४ लाख २० हजार हेक्टर रहेको थियो भने उत्पादकत्व प्रतिहेक्टर ४.१९ मेट्रिक टन पुगेको थियो ।

धान उत्पादनमा सिँचाइ, उन्नत बीउ, मलको उपलब्धता र मौसमको अनुकूलताले महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ। तर, खेती लागत बढ्नु, समयमा मल तथा बीउ नपाउनु र मौसममा हुने अनिश्चितताजस्ता समस्याले किसानलाई चुनौती दिँदै आएका छन्। समयमै धान भित्र्याउन सके वर्षभरिको खाद्यान्न जोहो गर्न र आगामी बाली लगाउन सहज हुने किसानको अपेक्षा छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ९ : २८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित