मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न « Khabarhub

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’ अर्थात् जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ ।

नेवार समुदायको मौलिक संस्कृति, धार्मिक आस्था र परम्परासँग गहिरो रूपमा जोडिएको यस जात्रा हरेक वर्ष इन्द्रजात्राको अवसरमा विशेष विधि तथा परम्पराअनुसार मनाइँदै आएको छ । 

यस वर्षको जात्रामा मध्यपुर थिमिका स्थानीय वीरेन्द्रभक्त गजू श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडाएर पुस्तौँदेखि चलिआएको सांस्कृतिक परम्परालाई निरन्तरता दिएका छन् । 

उनले निर्धारित धार्मिक तथा सांस्कृतिक विधिअनुसार जिब्रो छेडाएर जात्रामा सहभागिता जनाएका हुन् । जात्राको अवलोकनका लागी पुगेका बागमती प्रदेशका मुख्य मन्त्री किरण थापा मगरले जिब्रो छेड्ने जात्रा थिमीको मात्र नभई नेपालको मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेको उल्लेख गर्दै नयाँ पुस्तालाई यस्ता परम्परासँग जोड्नुपर्नेमा जोड दिए । 

उनले संस्कृति र मठमन्दिरको जगोर्ना गर्ने उदेश्यले प्रदेश सरकारले बजेट विनियोजन गर्ने गरेको बताए ।

त्यसतै मध्यपुर थिमि वडा नम्वर ५ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले आफ्नो धर्म कला सस्कृति जगेर्नाका लागि बजेट छुटाइएको उल्लेख गर्दै यस्ता जात्रा लगातका सस्कुतिहरुलाइ नयाँ पुस्तामा पनि हस्तानतरण गर्दे जानुपर्ने बताए ।

जिब्रो छेड्ने जात्रा मध्यपुर थिमिको विशिष्ट सांस्कृतिक पहिचानका रूपमा परिचित छ। मध्यपुरथिमिमा पहिलो बिस्काः जात्राको अवसरमा प्रत्येक वर्ष वैशाख २ गते बोदेमा हुने जिब्रो छेड्ने जात्रा र दोस्रो इन्द्रजात्राको भोलिपल्ट अर्थात आश्विन शुक्ल पूर्णिमाको दिन मनाइने ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ प्रचलनमा रहेकाछन । 

जात्राका क्रममा स्थानीय बासिन्दा, श्रद्धालु तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  २ : ४८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित