उपप्रधानमन्त्रीपछि चीनका प्रधानमन्त्री पनि आइपुगे बाढी प्रभावित क्षेत्र केरूङ « Khabarhub

उपप्रधानमन्त्रीपछि चीनका प्रधानमन्त्री पनि आइपुगे बाढी प्रभावित क्षेत्र केरूङ


११ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनका प्रधानमन्त्री लि छियाङ बाढीपहिरोबाट प्रभावित चीनको स्वायत्त क्षेत्र तिब्बत (शिचाङ) पुगेका छन्।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी बिहीबार बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका हुन्।

बुधबार आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्न प्रधानमन्त्री लि घटनास्थल पुगेका हुन्। उनले प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहत कार्यबारे जानकारी लिने बताइएको छ।

ली छियाङ बाढीपहिरोबाट प्रभावित चीनको शिजाङ स्वायत्त क्षेत्रको ग्यिरोङ गाउँ पुगेका छन्। बुधबार बिहान ग्यिरोङ क्षेत्रमा ठूलो बाढीपहिरो आएपछि प्रधानमन्त्री ली बिहीबार दिउँसो प्रभावित क्षेत्रमा पुगेका हुन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिका सदस्यसमेत रहेका लीलाई सीपीसी केन्द्रीय समितिका महासचिव सी चिनफिङले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यको नेतृत्व गर्न जिम्मेवारी दिएका हुन्।

लीसँग सम्बन्धित सरकारी निकायका वरिष्ठ अधिकारीहरूको टोलीसमेत प्रभावित क्षेत्रमा पुगेको छ। टोलीले विपद्पछिको उद्धार तथा राहत कार्यको स्थलगत निरीक्षण गर्नेछ।

प्रधानमन्त्री लीले उद्धार तथा राहतमा खटिएका कर्मचारीसँग भेट गर्नुका साथै बाढीपहिरोबाट प्रभावित स्थानीय बासिन्दाको अवस्थाबारे जानकारी लिने कार्यक्रम छ।

बुधबार आएको ठूलो बाढीपहिरोका कारण शिजाङको जिरोङ क्षेत्रसहित नेपाल–चीन सीमावर्ती क्षेत्रमा व्यापक क्षति पुगेको छ।

यसअघि बुधबार नै राजधानी बेइजिङबाट उपप्रधानमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य झाङ गुओछिङ तिब्बतको ग्यिरोङ काउन्टी पुगेका थिए ।

उपप्रधानमन्त्री झाङ विनाशकारी बाढीको क्षति निरीक्षणका लागि केरुङ पुगेका थिए । यसअघि बुधबार बिहानै चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले उद्धार, राहत तथा जोखिम न्यूनीकरणका लागि सबै उपाय अपनाउन निर्देशन दिएका थिए।

यसैबीच, बुधबारको बाढीपहिरोपछि नेपालतर्फ करिब १०० जना चिनियाँ नागरिक अझै बेपत्ता रहेको चीनले जनाएको छ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले नेपालतर्फ करिब १०० चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएका हुन्।

रसुवास्थित भोटेकोसी नदीमा आएको भीषण बाढीले नेपालमा ठूलो क्षति गरेको छ। उता सीमापारि चीनको शिगात्सेअन्तर्गत केरुङ (क्योरिङ) क्षेत्रमा व्यापक जनधनको क्षति पुर्‍याएको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै प्राप्त विवरणअनुसार बुधबार बिहान आएको बाढी तथा पहिरोका कारण केरुङ बन्दरगाह क्षेत्रको सडक, विद्युत् र सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। हालसम्म केरुङ क्षेत्रमा ३ जनाको मृत्यु भएको र २६५ जना नागरिक सम्पर्कविहीन रहेको पुष्टि भएको छ।

नेपालतर्फ भोटेकोशीको बाढीले रसुवाको टिमुरे र केरुङ नाका आसपासका क्षेत्र ध्वस्त पारेको छ। नेपालमा बाढीका कारण तीन सयको हाराहारीमा मानिसको मृत्यु भएको अनुमान छ भने सुरक्षाकर्मी, स्थानीय र मजदुर गरी दर्जनौँ सम्पर्कविहीन छन्।

बाढी-पहिरोले दुवै देश जोड्ने भौतिक पूर्वाधार, पुल तथा सञ्चार संरचनामा गम्भीर क्षति पुर्‍याएको छ। प्रवक्ता लिनका अनुसार नेपालस्थित चिनियाँ दूतावासले बेपत्ताको विवरणबारे नेपाली पक्षसँग समन्वय गरी थप प्रमाणीकरण गरिरहेको छ।

बाढीपहिरोबाट नेपाल–चीन सीमावर्ती क्षेत्रमा ठूलो क्षति भएको छ भने उद्धार तथा खोजी कार्य जारी रहेको छ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ३ : ३९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित