बाढीपीडितलाई सघाउन यी तीन स्थानमा सम्पर्क गर्न सकिने « Khabarhub

बाढीपीडितलाई सघाउन यी तीन स्थानमा सम्पर्क गर्न सकिने


११ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले भोटेकोशी बाढीपीडितलाई सघाउन राहत सामग्री संकलन गर्न तीन स्थान तोकेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाईमार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा जम्मा गरिनेछ। त्यसपछि आवश्यकताअनुसार सरकारले नै प्रभावित क्षेत्रमा वितरण गर्नेछ।

यस्तै, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनीस्थित नेपाली सेनाको ब्यारेकमा पनि राहत सामग्री संकलन गरिनेछ। संकलित सामग्री आवश्यकताअनुसार प्रभावित क्षेत्रमा वितरण गरिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बाढी प्रभावितका लागि राहत सहयोग गर्न चाहनेले सरकारले तोकेका स्थानमा नै सामग्री पुर्‍याउनुपर्नेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा राहत सामग्री जम्मा गर्न चाहनेले डब्लुएफपीका प्रतिनिधि श्रद्धा भट्टलाई ९९८४१८७९२२२०, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा राहत सामग्री दिन चाहनेले नेपाली सेनाका आविष्कारलाई ९९८५१२३४३२४० र धादिङको बैरेनीस्थित ब्यारेकमा राहत सामग्री दिन चाहनेले दिलीप घलेलाई ९९८५११५४२२६० सम्पर्क गर्न सक्नेछन्।

साथै, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि राहत सहयोग गर्न सकिने जनाइएको छ।

आर्थिक सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सक्नेछन्। उक्त कोषका लागि हिमालयन बैंकको डलर खाता, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, राष्ट्रिय वाणिज्य बैंक, एभरेस्ट बैंक, नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, नबिल बैंक र कृषि विकास बैंकमार्फत तथा राष्ट्रिय वाणिज्य बैंकको क्यूआर कोडमार्फत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  १ : ०९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित