दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै « Khabarhub

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै उत्तर दिन सकिन्छ, बढीमा दुई वा तीन वर्ष । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डको सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको १० वर्ष पूरा हुँदा पनि सम्पन्न हुन सकेको छैन ।

बागलुङ सदरमुकाम खण्डमा पुनः नयाँ ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोपत्र सम्पन्न गर्ने गरी भारत/सिद्धिसाई जेभीसँग गरिएको सम्झौता तोडिएपछि पुन ठेक्काको प्रक्रिया अगाडि बढेको छ । 

गत पुस १७ गते ठेक्का सम्झौता रद्द गरिएको आयोजनाको पुनः ठेक्का लगाउने प्रक्रिया सुरु भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका सूचना अधिकारी उज्ज्वल शर्माले जानकारी दिए । पाँच पटक म्याद थप गर्दा पनि काम सम्पन्न नगर्ने ठेकेदारको सम्झौता रद्द गरी असुल उपरको प्रक्रिया सुरु गरिएको छ ।

नयाँ ठेक्का सम्झौताको मूल्याङ्कन, लागत अनुमानको प्रतिवेदन र स्रोत सुनिश्चितताका लागि राष्ट्रिय योजना आयोगमार्फत अर्थ मन्त्रालय पठाइएको छ । पछिल्ला दिनमा सो सडक झनै जीर्ण बन्दै गएको छ । सो सडकखण्ड भएर यात्रा गर्ने यात्रुले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती खेप्नु परेको छ ।

ठेक्का रद्द गरिएको सडकको अवस्था झनै बिग्रँदै गएको छ भने सम्पन्न भएको पूर्वाधारमा पनि क्षति पुगेको छ । ‘पुरानो ठेकेदारले गरेको काम र नयाँ ठेक्कामा थप्नुपर्ने पूर्वाधारलगायतको अध्ययन प्रतिवेदनसहित करिब २५ करोडको स्रोत सुनिश्चितताका लागि अर्थमन्त्रालयमा प्रस्ताव गरिएको छ,’ इन्जिनियर शर्माले भने ।

ठेक्का रद्द गरिएको ठेकदारबाट नौ करोड ३६ लाख असुल उपर गर्नुपर्ने अध्ययन प्रतिवेदनले देखाएको छ । ‘नयाँ ठेक्का छिट्टै खोल्ने तयारीमा छौँ, सम्भवतः चार महिनाभित्र पूरा होला,’ इञ्जिनियर शर्माले भने ।

बागलुङ–बिहुँ खण्डको १३ किलोमिटर सडक २०७३ साल माघ  १४ गते  भारत/सिद्धिसाईसँग दुई वर्षमा सक्नेगरी ४३ करोड ६५ लाखमा सम्झौता भएको थियो । ठेकेदारले ३४ करोड तीन लाख भुक्तानी लिइसकेको छ । वर्षाका कारण सडक झनै बिग्रेको छ भने कालोपत्र गरेको क्षेत्रमा खाल्टाखुल्टी परेको छ ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ६ : ५८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित