पर्यटकको रोजाइमा कोशी टप्पु « Khabarhub

पर्यटकको रोजाइमा कोशी टप्पु


११ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– आर्थिक वर्ष २०८१-८२ मा  ११ हजार ६०३ पर्यटकले कोशी टप्पु आरक्ष भ्रमण गरेको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यलयले जनाएको छ ।

भ्रमण गर्नेमा आन्तरिक पर्यटक ११ हजार २१४ र सार्क मुलुकबाट ४२ महिला र ४५ पुरुष गरी ८७ जना तथा अन्य मुलुकबाट १५१ महिला र १५१ पुरुष गरी ३०२ विदेशी पर्यटक रहेको आरक्ष प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिए ।  

जैविक विविधता, दुर्लभ वन्यजन्तु तथा शान्त वातावरणका कारण आरक्ष आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । सुनसरी र सप्तरी जिल्लाभित्र सप्तकोशी नदीले बनाएको टापु क्षेत्रमा फैलिएको यस आरक्ष जङ्गली भैँसी (अर्ना) का लागि प्रसिद्ध छ । कोशी टप्पु रैथाने अर्ना पाइने नेपालको एक मात्र संरक्षित क्षेत्र मानिन्छ ।
 
सन् १९८७ देखि यो क्षेत्र रामसार सूचीमा सूचीकृत छ । यहाँ घडियाल, मगरगोही, सोंस (डल्फिन) तथा विभिन्न प्रजातिका माछा पनि पाइन्छन् । चराचुरुङ्गीको उच्च विविधताका कारण कोशी टप्पुलाई ‘चराहरूको राजधानी’ समेत भनिन्छ ।

प्राकृतिक सौन्दर्य र जैविक विविधताले समृद्ध यस क्षेत्र पक्षी अवलोकन, अध्ययन तथा अनुसन्धानका लागि स्वदेशी र विदेशी पर्यटकको आकर्षण बन्दै आएको छ । आरक्षलाई पूर्वी भारतसँग जोडिएको जैविक मार्गका रूपमा पनि लिइन्छ । 

चितुवाबाहेक अन्य ठूला मांसाहारी जनावरको सङ्ख्या न्यून रहे पनि आरक्षले पूर्वी तराई, मधेस क्षेत्रको वन, वनस्पति, हावापानी र जैविक विविधताको प्रतिनिधित्व गर्दै आएको आरक्ष प्रमुख यादवले बताए।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  १२ : ३३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित