बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपीभी खोप लगाइयो « Khabarhub

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपीभी खोप लगाइयो


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप लगाइएको छ । शतप्रतिशतलाई खोप लगाउने लक्ष्य राखिएकामा यस वर्ष ९२ प्रतिशतलाई लगाइएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले आठ हजार ५८४ जनालाई खोप लगाउने लक्ष्य राखिएकामा पाठेघरको ९२ प्रतिशतलाई लगाइएको जानकारी दिए ।

‘केही अपवादका रूपमा छुटेका होलान् तर हामीले एचपीभी खोप लगाउने कार्य सम्पन्न गरेका छौँ’, उनले भने। 

जनस्वास्थ्य अधिकृत गिरीका अनुसार कोहलपुर नगरपालिकामा एक हजार ७००, खजुरा गाउँपालिकामा एक हजार, जानकी गाउँपालिकामा ६७०, नरैनापुर गाउँपालिकामा ७३१ जनालाई पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइएको छ । 

बैजनाथ गाउँपालिकामा ८८१, राप्तीसोनारी गाउँपालिकामा ५८०,  नेपालगञ्ज उपमहानगरपालिकामा एक हजार ९०९ र डडुवा गाउँपालिकामा ४२६ जनालाई खोप लगाइएको छ । सबैभन्दा कम डुडुवा गाउँपालिका ४२६ र सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकामा एक हजार ९०९ जनालाई उक्त खोप लगाइएको उनले जानकारी दिए । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा विद्यालय जाने छ हजार ५३१ र विद्यालय नजाने दुई हजार ५३ गरी कूल आठ हजार ५८४ जनालाई एचपीभी खोप लगाइने लक्ष्य राखिएको थियो । 

कक्षा ६ मा अध्ययन गर्ने छात्रा, विद्यालय नजाने १० वर्षका किशोरी र गत वर्ष सञ्चालित एचपीभी खोपका लागि निर्धारण लक्षित समूहका किशोरी तथा छात्रामध्ये खोप लगाउन छुटेका, हाल कक्षा ७ देखि १० कक्षासम्म अध्ययनरत छात्रा र ११ देखि १४ वर्ष उमेरका किशोरीलाई खोपको लक्षित समूह मानिएको थियो । 

खोपले एचपीभी प्रजाति १६ र १८ को कारणबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउने भएकाले यो सुरक्षित र प्रभावकारी रहेको जनस्वास्थ्य अधिकृत गिरीले बताए ।

उनका अनुसार नेपालमा औसतमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरका कारण चार जना महिलाको मृत्यु हुने गरेको तथ्यांक छ । गत माघ २५ देखि यही फागुन ११ गतेसम्म एचपीभी खोप लगाइएको थियो । गत वर्ष बाँकेमा ३३ हजार ७५९ जनालाई खोप लगाइएको थियो । 
 

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ३ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित