आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल « Khabarhub

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर २५ तारिख। असोज शुक्ल पक्षको चतुर्दशी तिथि उपरान्त कोजाग्रत पूर्णिामा व्रत परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आजको दिन सामान्य छ । स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। बोल्दा सचेत बन्नु पर्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। विपक्षीसँगको प्रतिस्पर्धामा तपाईंको जित हुनेछ।

वृष : दिन धेरै राम्रो छ । गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। परिवारले साथ दिनेछ। ठुला व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ । सञ्चित धन खर्च हुनेछ। राजनीतिमा लगानी गरेको भए फाइदा हुनेछ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ। परिवारमा रमाइलो भेटघाट हुनेछ।

कर्कट : महत्त्वपूर्ण काममा सफलता मिल्ने दिन छ । प्रतिभा प्रदर्शन गर्ने दिन छ। मानसम्मान प्राप्त हुनेछ । प्रशंसा गर्नेहरु बढ्नेछन्। परिवारमा घुमघामको तय हुनेछ। मन मिल्ने साथीसँग भेट हुनेछ ।

सिंह : दिन सामान्य छ । बोलीको प्रभावले सम्बन्धमा समस्या हुनेछ। अनावश्यक यात्रा हुनेछ। खर्च बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

कन्या : दिन राम्रो छ। अरुको झगडाले तपाईंलाई फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा भन्दा विदेशमा गरेको लगानीबाट उत्साह बढ्नेछ। जग्गाको कारोबारबाट नाफा आर्जन हुनेछ।

तुला : यात्रामा सचेत बन्नुपर्ने दिन छ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। बोल्दा सचेत बन्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिक: आज पढाइमा रुचि बढ्ने योग छ । सोचेका काम बन्ने छन्। शिक्षा क्षेत्रको लगानीले उत्साहित बनाउने छ। विपक्षी बौद्धिक भएकाले सचेत भएर काम गर्नुपर्ने छ। धार्मिक क्षेत्रमा सक्रिय भएमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन सामान्य छ। सानो कुरामा अवरोध हुनेछ। अरुको गलत निर्णयको फन्दामा पर्ने जोखिम छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। साथीसँग सचेत हुनुपर्ने दिन छ । हरेक काममा थप मिहिनेत गर्नुपर्ने छ ।

मकर : दिन राम्रो छ। हरेक क्षेत्रमा प्रगति हुनेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त र खुशी बन्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : व्यापारमा फाइदा हुने दिन छ । साथीभाइसँगको भेटले मनमा खुसी मिल्नेछ । कुनै शुभ समाचार सुन्न पाइनेछ । व्यापारमा नाफा हुनेछ । परीक्षा लेखेको भए नतिजा तपाईँको पक्षमा आउने छ ।

मीन : दिन राम्रो छ । शिक्षाको लगानीबाट फाइदा हुनेछ। सहकार्य गरेका साथीले साथ दिँदा व्यापारमा नाफा हुनेछ । स्वास्थ्यले साथ दिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ५ : २४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित