मुस्ताङको लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु « Khabarhub

मुस्ताङको लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु


१० जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– उपल्लो मुस्ताङस्थित लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।

आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ । 

उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण कार्यसम्पादन नेपाल सरकारले गत कात्तिक २९ गतेको निर्णयअनुसार कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) र स्थानीय तहलाई हस्तान्तरण गर्ने योजनाअनुसार आन्तरिक राजस्व कार्यालय बाग्लुङले मुस्ताङमा पहिलो पटक लोमान्थाङ गाउँपालिकाबाट दर्तासम्बन्धी अख्तियारी हस्तान्तरण गरेको आन्तरिक राजस्व कार्यालय बाग्लुङका कर अधिकृत राजन गमालले जानकारी दिए ।

यसअघि विभागको परिपत्रअनुसार आन्तरिक राजस्व कार्यालय बाग्लुङले पर्वतको पैँयु गाउँपालिका, बाग्लुङको गल्कोट नगरपालिका र म्याग्दीको बेनी नगरपालिकामा कर दर्ता सेवासम्बन्धी सेवा विस्तार गरेको थियो ।

कर अधिकृत गमालका अनुसार यसअघि व्यक्ति तथा व्यवसाय दर्ताका लागि आन्तरिक राजस्व कार्यालय बाग्लुङ धाउनुपर्ने अथवा जोमसोम जानुपर्ने अवस्था रहेकामा व्यवसाय दर्ता गर्ने सम्बन्धित व्यक्ति वा व्यवसायीहरूले गाउँपालिकाबाटै व्यवसाय दर्तासम्बन्धी सबै काम गर्न सकिने व्यवस्था मिलाइएको कर अधिकृत गमालको भनाइ छ ।

मुस्ताङमा आन्तरिक राजस्व कार्यालयले यहाँका पाँच स्थानीय तहमध्ये उपल्लो मुस्ताङको लोमान्थाङबाट कर सेवा सञ्चालनमा ल्याएको हो । योसँगै आन्तरिक राजस्व कार्यालयको कार्यक्षेत्र पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङमा कर सेवा विस्तार गर्ने क्रममा  लोमान्थाङ गाउँपालिको चौथो स्थानीय तह भएको आन्तरिक राजस्व कार्यालय बाग्लुङले जनाएको छ । 

गाउँपालिकामा करदाता सेवा सञ्चालन भएसँगै स्थानीय उद्योगी र व्यवसायी करदातालाई कर दर्तासम्बन्धी सहज भएको छ । सरकारले कर भुक्तानी तथा कर चुक्ता प्रमाणपत्र लिने लगायतका व्यवस्था ‘अनलाइन’ प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था गरिसकेको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा आन्तरिक राजस्व कार्यालयको कर सेवा हस्तान्तरण भएसँगै स्थानीय व्यवसायीहरूलाई निकै सहज भएको गाउँपालिका उपाध्यक्ष छ्युमी बिष्टले उल्लेख गरिन् ।

व्यवसाय दर्ताका लागि लामो यात्रा र महँगो खर्च गरेर जोमसोम र बाग्लुङ कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको र यसले व्यवसायको समय बचत भएको उपाध्यक्ष बिष्टको भनाइ छ । रासस
 

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  २ : ५९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित