बाँकेका पाँच जनालाई घर घरमा राहदानी वितरण « Khabarhub

बाँकेका पाँच जनालाई घर घरमा राहदानी वितरण


९ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेमा हुलाक कार्यालयमार्फत यहाँका तीन स्थानीय तहका पाँच जनालाई घरघरमा पुगेर राहदानी वितरण गरिएको छ । जिल्लाको खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिकामा अहिलेसम्म पाँच जना सेवाग्राहीलाई घरमा पुगेर राहदानी वितरण गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ । 

सरकारले सेवाग्राहीलाई घरमै राहदानी पुर्‍याउने नयाँ अभ्यास सुरु गरेपछि डुडुवा गाउँपालिकाका कमलकुमार वर्मा उत्साहित भए। 

‘पहिले राहदानी बनाउँदा सास्ती हुन्थ्यो । अहिले घरमै आउन थालेको छ । यसले सेवाग्राहीको समय र खर्च पनि बचत भएको छ’, उनले भने।

पहिले राहदानी बनाउन करिब एक महिना समय लाग्ने गरेको भन्दै अहिले १५ दिनमा घर आइपुगेको उल्लेख गरे। राहदानी घरमा आइसकेकाले अब विदेश जाने तयारी सुरु गर्ने उनको भनाइ छ । 

जिल्ला हुलाक कार्यालयका प्रमुख एवं हुलाक अधिकृत गजेन्द्रप्रकाश थारूले केही सातायतादेखि जिल्लामा पाँच जना सेवाग्राहीलाई घरमा पुगेर राहदानी उपलब्ध गराइएको उल्लेख गर्दै अन्य केहीको राहदानी हुलाक कार्यालयमा आउनेबित्तिकै वितरण गरिने जानकारी दिए । उनले सुरुमा राहदानी प्राप्त गर्ने व्यक्तिको व्यक्तिगत विवरण समाविष्ट गरिने र सम्बन्धित व्यक्तिलाई जिल्ला प्रशासन कार्यालयमा कहाँबाट राहदानी बुझ्ने भनेर सोध्ने गरिएको बताए। 

सेवाग्राहीले राहदानी बनेपछि जहाँबाट प्राप्त गर्न चाहनुहुन्छ सोहीअनुसार राहदानी वितरण गर्ने विधि रहेको हुलाक अधिकृत थारूले बताए। उनले दूरीअनुसार बढीमा दुई दिनमा स्थानीय प्रशासनबाट हुलाक कार्यालयमा राहदानी आउनेबित्तिकै वितरण हुने उल्लेख गर्दै यो सेवा प्रभावकारी हुँदै गएको जानकारी दिए । उनका अनुसार सेवाग्राहीका लागि यो सेवा निशुल्क भएपनि हुलाक महसुलका रूपमा ६५ भने तोकिएको छ ।

राहदानी घरमा पुर्‍याउनका लागि जिल्लामा स्थानीय प्रशासन र हुलाक कार्यालयमार्फत मौखिक सहमतिसमेत भएको थियो । उक्त सहमतिअनुसार गत वैशाख ३ गतेदेखि बाँकेका सेवाग्राहीलाई राहदानी घरघरमा पुर्‍याउने अभ्यास सुरु भएको हो । 

सङ्घीय सरकारको १०० दिने कार्यसूचीअनुसार समावेश गरिएको घरमै सेवा पुर्‍याउने कार्यक्रमअनुरूप सो सम्झौता गरिएको थियो । स्थानीय तह र सम्बन्धित वडाको समन्वयमा सेवाग्राहीलाई राहदानी वितरण गरिँदै आइएको जिल्ला हुलाक कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार  ३ : ०४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित