शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत « Khabarhub

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत


५ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने जिल्लाका एक शिक्षक र उत्कृष्ट अङ्क ल्याउने एक विद्यार्थीलाई पुरस्कृतसहित अन्य चार जनालाई सम्मान गरेको छ ।

‘शुभशेर राई जिल्ला उत्कृष्ट शिक्षक पुरस्कार–२०८३’ बाट साकेला माध्यमिक विद्यालय रतन्छामा कार्यरत साकेला गाउँपालिका–३ खिदिमा निवासी शिक्षक इन्द्रकुमार तामाङ पुरस्कृत भएका छन् । 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित छिप्तीमा जन्मिएर ४३ वर्ष शिक्षण सेवा गर्नुभएका स्वर्गीय शुभशेर राईको तथा सम्झनामा परिवारका १९ सदस्यले प्रत्येक वर्ष आफ्नो कमाइको शून्य दशमलव पाँच प्रतिशतका दरले थप गर्नेगरी चार वर्षअघि स्थापना गरिएको रु ११ लाख ११ हजार १११ राशिको अक्षयकोषबाट शुक्रबार पुरस्कृत तथा सम्मान गरिएको हो । 

प्रतिष्ठानले स्वर्गीय शिक्षक राईको पाँचौँ वार्षिक पुण्यतिथि तथा चौथो वार्षिक साधारणसभाको अवसर पारेर दिक्तेलमा आयोजना गरेको कार्यक्रममा शिक्षक तामाङलाई नगद ५५ हजार ५५५ रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका महासचिव लक्ष्मीप्रसाद खनालले जानकारी दिए । 

कार्यक्रममा ‘शुभशेर राई खोटाङ जिल्ला शिक्षक नेतृत्व सम्मान–२०८३’ बाट सरस्वती माध्यमिक विद्यालयका शिक्षक टङ्क कटुवाल सम्मानित भएका छन् । 

‘शुभशेर राई उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्ष सम्मान–२०८३’ बाट हिमालय माध्यमिक विद्यालय सोल्माका अध्यक्ष सप्तमणि राई र ‘शुभशेर राई जिल्ला उत्कृष्ट प्रधानाध्यापक सम्मान–२०८३’ बाट लक्ष्मी माध्यमिक विद्यालय काहुलेका प्रधानाध्यापक कृष्णबहादुर राई सम्मानित भएका हुन् । 

‘शुभशेर राई दीर्घसेवी शिक्षक सम्मान–२०८३’ बाट जनता आधारभूत विद्यालय नेर्पाका प्रधानाध्यापक झमप्रसाद आचार्य सम्मानित भएका छन् । 

यस्तै, ‘शुभशेर राई उत्कृष्ट विद्यार्थी पुरस्कार–२०८३’ बाट चम्पावती माध्यमिक विद्यालय बुइपाको कक्षा–७ मा अध्ययनरत छात्र आनन्द श्रेष्ठलाई रु सात हजार ७७७ नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ६ : ०५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित