मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण « Khabarhub

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण


५ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ जिल्ला शाखालाई सञ्चार तथा सूचना प्रवाहका सामग्री हस्तान्तरण गरेको छ । 

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजना तथा मिडिया काउन्सिल मधेस प्रदेशको समन्वयमा आयोजित कार्यक्रममा गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्षलाई एक–एक थान कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर हस्तान्तरण गरे। 

कार्यक्रममा मन्त्री महतोले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएकाले पत्रकारिता क्षेत्रलाई थप सक्षम, व्यावसायिक, प्रविधिमैत्री र प्रभावकारी बनाउन प्रदेश सरकार आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए। 

उनले राज्यका गतिविधि, जनताका आवश्यकता, समस्या, अपेक्षा तथा उपलब्धिलाई नागरिकसम्म पुर्‍याउने र नागरिकका आवाज राज्यका निकायसम्म पुर्‍याउने कार्यमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। 
    
हस्तान्तरण गरिएका सामग्रीले जिल्ला तहमा पत्रकारिता तथा सूचना प्रवाहसम्बन्धी कार्यलाई थप सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। 

कार्यक्रममा मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव डा विन्देश्वरप्रसाद लेखक, मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष बन्दना झा तथा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतोको सहभागिता थियो ।
 

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ११ : १३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित