प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो, शिक्षामन्त्रीको राजीनामा माग « Khabarhub

प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो, शिक्षामन्त्रीको राजीनामा माग


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतमा विभिन्न प्रवेश तथा सरकारी सेवाका परीक्षामा प्रश्नपत्र चुहावट भएको घटनाविरुद्ध सुरु भएको युवा आन्दोलन थप चर्किएको छ। शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै हजारौँ प्रदर्शनकारी सोमबार संसद् भवनतर्फ मार्च गर्ने उद्देश्यले नयाँदिल्लीमा भेला भएका छन्।

प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएपछि राजधानीको जन्तरमन्तर क्षेत्र तथा संसद् आसपास ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शनकारीहरू अघि बढ्ने प्रयास गरे झडप हुन सक्ने भन्दै प्रहरीले लाउडस्पीकरमार्फत उनीहरूलाई तितरबितर हुन आग्रह गरेको छ।

प्रदर्शनमा विद्यार्थी, विभिन्न पेशाका व्यक्तित्व तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको छ। सहभागीहरूले भारतीय राष्ट्रिय झण्डा बोकेर शिक्षामन्त्री धर्मेन्द्र प्रधान र प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजी गरेका छन्।

‘कक्रोच जनता पार्टी’ नामबाट परिचित आन्दोलन मे महिनामा सर्वोच्च अदालतका प्रधानन्यायाधीशले एक फरक मुद्दाको सुनुवाइका क्रममा केही बेरोजगार युवालाई ‘कक्रोच’ (साङ्ला)सँग तुलना गरेपछि सुरु भएको हो। प्रदर्शनकारीहरूले उक्त अभिव्यक्तिलाई व्यङ्ग्यात्मक रूपमा आत्मसात गर्दै सामाजिक सञ्जालमार्फत आन्दोलनलाई विस्तार गरेका हुन्।

मेडिकल कलेज तथा सरकारी सेवाका प्रवेश परीक्षाका प्रश्नपत्र पटक–पटक चुहिएको घटनाले विद्यार्थी र अभिभावकमाझ असन्तुष्टि बढाएको छ। शनिबार अनशनरत अभियन्ता सोनम वाङचुकलाई प्रहरीले अस्पताल लगेको घटनापछि आन्दोलनले थप समर्थन पाएको बताइएको छ।

प्रदर्शनकारीहरू विगत एक महिनादेखि जन्तरमन्तरमा धर्ना दिँदै आएका छन्। उनीहरूले शिक्षामन्त्रीको राजीनामा, परीक्षा प्रणालीमा व्यापक सुधार तथा प्रश्नपत्र चुहावटका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

वाङचुकले सरकारले शिक्षा प्रणाली सुधारका लागि ठोस प्रतिबद्धता जनाए वा प्रदर्शनकारीलाई संसद्सम्म पुग्न दिएर उनीहरूको माग संसद्मा उठ्ने सुनिश्चित गरेमा मात्र आफ्नो करिब तीन सातादेखिको अनशन अन्त्य गर्ने बताएका छन्।

दिल्ली प्रहरीले भने संसद्को मनसुन अधिवेशन जारी रहेकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मार्चको अनुमति नदिएको जनाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका लागि यो आन्दोलन पछिल्ला वर्षहरूमा देखिएको उल्लेखनीय सार्वजनिक चुनौतीका रूपमा हेरिएको छ। विपक्षी दल, नागरिक अधिकारकर्मी तथा केही बलिउड कलाकारहरूले पनि आन्दोलनप्रति समर्थन जनाएका छन्।

यद्यपि सरकारका वरिष्ठ मन्त्रीहरूले आन्दोलनप्रति कडा धारणा व्यक्त गरेका छन्। शिक्षामन्त्री धर्मेन्द्र प्रधानले प्रदर्शनकारीमाथि राष्ट्रविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् भने अन्य मन्त्रीहरूले विद्यार्थीहरूको चिन्ता जायज भए पनि आन्दोलनसँग वार्ताको आवश्यकता नरहेको बताएका छन्।

प्रदर्शनमा सहभागी योग प्रशिक्षक ज्योति राजपुतले शिक्षा प्रणालीमा सुधारको माग गर्दै सरकार विद्यार्थीहरूको समस्याप्रति पर्याप्त संवेदनशील नभएको आरोप लगाएका छन्।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  १ : १३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित