गाजामा तत्काल, निर्बाध सहायता वितरण सम्भव गराउन खाडी मुलुकको जोड « Khabarhub

गाजामा तत्काल, निर्बाध सहायता वितरण सम्भव गराउन खाडी मुलुकको जोड


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– साउदी अरेबियाले गाजा पट्टीमा मानवीय सहायताको तत्काल, दिगो र निर्बाध वितरणको महत्त्वलाई जोड दिँदै यस्तो संवेदनशिल विषयलाई सामूहिक सजायको माध्यम वा राजनीतिक दबाबको औजारको रूपमा प्रयोग नगर्न सुझाएको छ । 

गाजा पट्टीको मानवीय अवस्था बारे सुरक्षा परिषद्को आपतकालीन सर्तमा अरब समूहको तर्फबाट गरिएको सम्बोदनमा साउदी अरेबियाले यस्तो बताएको जनाइएको छ ।  

प्यालेस्टिनी सवाल मध्यपूर्वमा द्वन्द्वको केन्द्रबिन्दुमा रहेको उल्लेख गर्दै साउदी अरेवियाले  स्थायी शान्तिका लागि दुई–राज्य बीचको समस्या समाधान र पूर्वी जेरुसेलमलाई यसको राजधानी, सीमाना  र स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना आवश्यक रहेको पुष्टि गरेको छ । 

अरब समूहले बसोबास नीतिहरू, जग्गा जफत गर्ने कार्य जबरजस्ती विस्थापन र नागरिकहरूलाई लक्षित गरी निरन्तर आक्रमण गर्ने विषयमा आफ्नो स्वीकारयुक्ती नभएको  बताएको छ ।

साउदी अरेबियाले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रहरूमा इजरायली सार्वभौमिकता लाद्ने वा जेरुसेलम र यसका पवित्र स्थलहरूको कानुनी र ऐतिहासिक स्थितिमा परिवर्तन गर्ने प्रयास अन्याय पूर्ण भएको पुष्टि गरेको छ । अमेरिकी मध्यस्थता प्रयासहरू सहित स्थायी युद्धविराम प्राप्त गर्ने उद्देश्यले  गरिएका अन्तर्राष्ट्रिय प्रयासहरूको लागि आफ्नो समर्थन समेत व्यक्त गरेको छ । 

अरब समूहको तर्फबाट, साउदी अरेबियाले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न आफ्नो जिम्मेवारी ग्रहण गर्न र प्यालेस्टिनीको रक्षा गर्दै मध्य पूर्वमा शान्ति र स्थिरताको सम्भावनालाई समर्थन गर्ने अन्तर्राष्ट्रिय कानुनी कार्यान्वयन गर्न  पनि आह्वान गरेको छ । 

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  १ : ३५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित