रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार (तस्बिरहरू) « Khabarhub

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार (तस्बिरहरू)


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्वी नवलपरासी- रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका १२ जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । 

अमलटारी स्थित नारायणी नदीको किनारमा बाह्र जनाको सामूहिक दाहसंस्कार गरिएको मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले बताए ।

रसुवाको टिमुरेमा रहेको तेन्जिङ शेर्पा हाईड्रो पावरमा लामो समयदेखि काम गर्दै आएका उनीहरु भदौ १० को बाढीमा परी बेपत्ता भएका थिए ।

मध्यविन्दु नगरपालिका १ सेतापानीका तिन जना र मध्यविन्दु ५ बाघखोरका नौ जना सम्पर्क विहीन भएदेखि नै यहाँको गाउँ शोकमा डुबेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार रसुवाको बाढीमा परेर मध्यविन्दु १ सेतापनीका हेम बहादुुर चौधरी, हुसन बहादुर थारु, कालीराम महतो थारु, मध्यविन्दु ५ बाघखोरका जीवन वि.क., गंगाराम मुखिया,विशाल मुखिया, सिताराम महतो, युद्ध महतो, एवदेव महतो, नुमनारायण महतो, केवल प्रसाद महतो र तेज बहादुर थारु बेपत्ता भएका थिए ।

सम्पर्क विहीन भएदेखि नै खोजी कार्यका गर्दा पनि लामो समयसम्म केहि पत्ता नलागेपछि धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको पीडित परिवारले बताएका छन् । 

मध्यविन्दु नगरपालिकाले बेपत्ता नागरिकको खोजी कार्यमा लाग्दाको खर्च सहित काजक्रियाको लागि प्रत्येक परिवारलाई एक लाख रुपौलाका दरले राहत दिने निर्णय गरेको नगर प्रमुख अधिकारीले बताए ।

नेपाल फोटो लाइब्रेरी/धनु भुसाल

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ४ : ०९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित