सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी « Khabarhub

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी


१ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि खाद्यान्न भण्डारण समाप्त हुने संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ। यसले विश्वको सबैभन्दा ठूलो भोकमरी संकटमा फसेका लाखौँ व्यक्तिको लागि चिन्ता बढाएको छ।

सुडानमा जारी तीन वर्ष लामो गृहयुद्धपछि यो चेतावनी आएको हो । यहाँ सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीचको लडाइँमा दसौँ हजार मारिएका छन् र एक करोड १० लाखभन्दा बढी विस्थापित भएका छन्।

‘मार्चको अन्त्यसम्ममा सुडानमा हाम्रो खाद्य भण्डार अत्यन्त कम भइसक्नेछ,’ विश्व खाद्य कार्यक्रमका आपतकालीन तयारी तथा प्रतिकार्य निर्देशक रस स्मिथले एक विज्ञप्तिमा भनेका छन् ।

तत्काल थप कोषको अभावमा लाखौं मानिस केही हप्ताभित्रै अत्यावश्यक खाद्य सहायताबाट वञ्चित हुनेछन् ।
 
स्मिथले भने,’डब्ल्यूएफपीले यसपहिले नै ‘बाँच्नको लागि पूर्ण आवश्यक राशनलाई न्यूनतम रूपमा वितरण गर्न बाध्य भएको छ’।’
 
संयुक्त राष्ट्रसङ्घका अनुसार सुडानको करिब आधा जनसङ्ख्या अर्थात् दुई करोड १० लाख मिलियनभन्दा बढी मानिसले अहिले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घ समर्थित एक समीक्षाले गत वर्ष पुष्टि गरे अनुसार उत्तरी डार्फरको राजधानी एल–फासेरमा भोकमरीको अवस्था विकराल बनेको छ। यसलाई अक्टोबरमा अर्धसैनिक बलले कब्जा गरेको थियो।

अहिले द्वन्द्वको प्रमुख रणभूमि मानिने छिमेकी कोर्दोफानको काडुग्लीमा पनि अनिकाल लागेको पुष्टि भएको छ।

करिब १३० किलोमिटर उत्तरमा पर्ने डिलिङमा संयुक्त राष्ट्रसङ्घले नागरिकहरूले भोकमरीको अवस्था भोगिरहेका हुन सक्ने बताएको छ, यद्यपि सुरक्षा समस्या र पहुँचको अभावका कारण औपचारिक घोषणा हुन सकेको छैन।

संयुक्त राष्ट्रसङ्घले यसअघि एल–फासेर वरपरका तीनवटा विस्थापन शिविरहरू र देशको दक्षिणी क्षेत्रमा रहेको नुबा पर्वतका केही भागहरूमा अनिकालको घोषणा गरेको थियो।
 

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ७ : ४० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित