परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै « Khabarhub

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै


३१ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन जाँदै छन् । चिनिया समकक्षी वाङ यी को निमन्त्रणामा मन्त्री खनाल बेइजिङ प्रस्थान गर्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन् ।

वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका विविध क्षेत्रमा सहकार्य विस्तार गर्ने तथा समसामयिक क्षेत्रीय विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ। साथै, मन्त्री खनालले चीनका अन्य उच्चस्तरीय सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

भ्रमणलाई नेपाल–चीन सम्बन्धको भविष्य, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन, कनेक्टिभिटी, व्यापार घाटा न्यूनीकरण र चीनको बढ्दो चासोबीच नेपालको सन्तुलित कूटनीतिक रणनीतिको महत्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ।

मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्न आयोजना हुने इन्भेष्टमेन्ट कन्फरेन्समा समेत सहभागिता जनाउनेछन् । सो अवसरमा उनले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्नेछन् । मन्त्री खनाल असार ३ गते नेपाल फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

यसअघि परराष्ट्रमन्त्री खनालले जेठ २२ देखि २४ गतेसम्म भारतको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ७ : ०९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित